शनिबार, ८ वैशाख २०८१

कमलपित्तका कारण मृत्यु हुनेको संख्या ११६ पुग्यो

समयपोष्ट २०७४ फागुन २६ गते १४:३७

अत्याधिक जनसंंख्या भएको ब्राजिलको साओ पाउलो राज्यमा कमलपित्तका कारण मृत्यु हुनेहरुको संख्या ११६ पुगेको छ ।

Advertisement

हालै फैलिएको कमलपित्तको प्रकोपमा परी ३२६ जना बिरामी भएको पनि स्थानीय स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

पछिल्लो एक हप्तामा थप १४ को मृत्यु भएको र ४० बिरामी भएका छन् ।

रोगको प्रकोपलाई नियन्त्रणमा लिनका लागि सरकारी अधिकारीहरुले व्यापक रुपमा खोप अभियान चलाएका छन् ।

यसै बर्षको सुरुदेखि अहिले सम्ममा साओ पाउलो राज्यमा कमलवित्तको विरुद्धमा झण्डै ७० लाख जनालाई खोप लगाइएको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलको साओ पाउलो राज्य कमलपित्तबाट सवै भन्दा धेरै प्रभावित भएको राज्य हो भने दोस्रोमा दक्षिणपूर्वी राज्य मिनास गेरैस रहेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामाग्री