बिहीबार, १३ वैशाख २०८१

‘बादल’ भर्सेज ‘विप्लव’

समयपोष्ट २०७४ फागुन २६ गते १:१८

क्रान्तिका गुरु रामबहादुर थापा बादल ले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन् ।
गृहमन्त्री थापाको पहिलो चुनौती उनकै चेला बनेका छन् ।

Advertisement

आजको कान्तिपुर दैनिकमा यो खबर छ, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बालले २०५१ मा नेत्रविक्रम चन्द विप्लव लाई रोल्पामै छापामार युद्धबारे प्रशिक्षण दिएका थिए ।

तिनै थापा गृहमन्त्री बनेका बेला चन्द भने सशस्त्र क्रान्ति गर्ने भन्दै उनलाई चुनौति दिईरहेका छन् ।

क्रान्तिका गुरु रामबहादुर थापा बादल ले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन् ।

सरकारले आगजनी र ज्यान मुद्धा लगाएपछि गृहमन्त्रीविरुद्ध विप्लव थप आक्रोसित देखिएका छन् ।

राजधानीको डेरा छाडेर अर्भमुमिगत अवस्थामा रहेका उनले सरकारविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएलगत्तै गृहमन्त्री थापाले अस्थिरता मच्चाउनेलाई नछाड्न प्रहरीलाइ निर्देशन दिईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री