बिहीबार, ६ वैशाख २०८१

भण्डारीको तीन भोट घट्यो, यसकारण यि तीन सदस्यले राष्ट्रपति निर्वाचनमा भाग लिन नपाउँने

समयपोष्ट २०७४ फागुन २५ गते ८:१८

राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा भाग लिन नपाउँने भएका छन् ।

Advertisement

आयोगका अनुसार राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ ।

निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले फागुन २२ गते मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गरिसकेको छ । उक्त सूचीमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम छन् ।

सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत डा युवराज खतिवडा, रामनारायण विडारी , डा विमला पौड्याल, प्रदेशसभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन । तसर्थ आज शपथ लिएका राष्ट्रियसभाका तीन सदस्यले यथाअवस्थामा मतदान गर्न नपाउने आयोगले जनाएको छ ।

तर सो सम्बन्धमा संघीय संसद् सचिवालयले लिखित जानकारी गराएको खण्डमा आयोग पदाधिकारी बैठकले बाधा अड्काउ फुकाउ सम्बन्धी केही निर्णय गर्नसक्ने अधिकार रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री