सोमबार, १३ असार २०७९

गर्भपतनबारे सचेत गराउन यस्तो अनौठ तरिका अपनाईदैँ

समयपोष्ट २०७४ फागुन २४ गते ८:२३

रामपुर, पाल्पा, २४ फागुन (रासस) ः गर्भपतन गराउँदा ध्यान दिनुपर्ने कुरामा सचेत गराउँदै सडक नाटक प्रदर्शन गरिएको छ ।

Advertisement

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा सो नाटक प्रदर्शन गरिएको हो । प्रजनन स्वास्थ्य तथा सुरक्षित गर्भपतनका विषयमा सडक नाटक देखाइएको हो । यस नाटकले महिलामा सुरक्षित गर्भपतन गराउने तरिका, समय, असुरक्षित गर्भपतनले निम्त्याउने जोखिम लगायतका विषयमा जानकारी लिने अवसर मिलेको स्थानीयवासी रामप्रसाद भण्डारीले ।
बताए ।
नाटक प्रदर्शनीका अवसरमा यहाँका स्थानीयवासी र महिलाको बाक्लो उपस्थिति रहेको थियो । नेपाल परिवार नियोजन संघ, जिल्ला स्वास्थ्य कार्यालय र आइपास नेपालको आयोजनामा उक्त नाटक प्रदर्शनी गरिएको हो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री