शुक्रबार, १४ वैशाख २०८१

सल्लाझै आमा सुसाईरहिन् ..बलात्कारपछि हत्या गरिएकी बालिकाको शव १० महिनादेखि अस्पतालमै !

समयपोष्ट २०७४ फागुन २४ गते १:४३

स्वयम्भुको तल्लो फाँटस्थित डल्लु चौतारानजिकै छिँडीजस्तो डेरामा ३४ बर्षीया सन्तोषी नेपाली भेटिइन ।

Advertisement

आजको कान्तिपुर दैनिकमा यो खबर छ, उनलाई अरुका घरका धन्दा, होजियारी कम्पनीको ज्यालादारी काम र काखका दुई छोराको हेरविचार गर्नै भ्यानभ्याई छ ।

यहीबीचमा उनलाई बुधबारदेखि फेरि जिल्ला अदालत धाउनु परेको छ ।

छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौतारिरहेकी सन्तोषीको सोतोजस्ततो कोठामा कपडा, खानेकुरा, ग्यास, पानी बोटल, जुत्ताचप्पल असरल्ल देखिन्छन् ।

भाईबुहारी, छोरासहित ७ जनाको परिवार त्यही एउटै कोठामा बस्दा रहेछन् ।

१० महिनाअघि जेठ ५ बलात्कारपछि हत्या गरिएकी १० बर्षीया छोरी अमुताको सम्झानाले उनलाई घरीघरी झस्काईरहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री