शुक्रबार, १४ वैशाख २०८१

आगलागी लाग्नुको यस्तो छ कारण

समयपोष्ट २०७४ फागुन २३ गते ७:०४

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित स्वाँरा गाँउमा आगलागीबाट एक युवकको मृत्यु भएको छ ।
गएराति ९ बजेतिर भएको आगलागीमा स्थानीय रेशम सार्कीको मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए। भूकम्पपछि संस्थाले बनाई दिएको अस्थायी टहरोमा एक्लै सुतिरहेको अवस्थामा आगलागी भएको थियो । मृतक धूम्रपान गर्ने भएकाले चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

Advertisement

त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका–११ चेहेरेस्थित सुनकोशी नदीमा करिब ५० वर्षीय एक पुरुषको बेवारिसे शव आज बिहान फेला परेको छ । सोबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री