शुक्रबार, ७ वैशाख २०८१

पाकिस्तानी प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज

समयपोष्ट २०७४ फागुन २१ गते १६:१४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औपचारिक भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ ।

Advertisement

नेपालको दुईदिने भ्रमणमा आजै नेपाल आउनुभएका प्रधानमन्त्री अब्बासीको सम्मानमा आज साँझ होटल याक एन्ड यतीमा आयोजित रात्रिभोजमा नेपालका पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

यसअघि प्रधानमन्त्री ओली र उहाँका समकक्षी अब्बासीबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार बिहान शिष्टाचार भेट गर्नुहुनेछ ।

राष्ट्रपतिसँगको भेटअघि उहाँको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री अब्बासीसँग भेटवार्ता हुने कार्यक्रम छ । नेपालको भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री मङ्गलबार स्वदेश प्रस्थान गर्नुहुनेछ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री