शुक्रबार, ७ वैशाख २०८१

राष्ट्रपतिको उम्मेदवारका विषयमा एमालेले ठोस निर्णय कहिले गर्ला ?

समयपोष्ट २०७४ फागुन २१ गते १६:०४

राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ ।

Advertisement

निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेकाले सोबारेमा छलफल गर्न मंगलबार दिउँसो ४ बजे बैठक बस्न लागेको पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिनुभयो । वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा एमालेले ठोस निर्णय गर्ने बुझिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री