शनिबार, ८ वैशाख २०८१

दीपक मनाङ्गे अब रहेनन् सांसद, रेशम चौधरी ?

समयपोष्ट २०७४ फागुन २१ गते १५:२५

निर्वाचन आयोगले सोमबार राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।

Advertisement

आयोगले सार्वजनिक गरेको नामावलीमा कैलाली १ बाट निर्वाचित रेशम चौधरीको नाम रहेको छ तर, दीपक मनाङ्गेको नाम भने छैन । टिकापुर काण्डमा मुछिएका चौधरी हाल कैलाली कारागारमा छन् ।

मनाङेमाथि ज्यान मार्ने उद्योग अन्र्तगत तत्कालिन पुनरावेदन अदालत पाटने २०६९ साउन २८ गते ५ बर्ष फैसला सुनाएको थियो । तर, सो मुद्धा कायमै रहेका बेला मनाङगेले चार नम्बर प्रदेशको मनाङ जिल्लाबाट प्रदेशसभामा चुनाव जितेका थिए ।

चुनावपछि मनाङ्गेको मुद्धा सार्वजनिक भएको थियो । त्यसपछि उनी फरार छन् । यसअघि उनले प्रदेश सभा सदस्यको समेत सपथ लिएका थिएनन् ।

फागुन २९ गते हुँने राष्ट्रपति निर्वाचनका लागि आयोगले प्रकासन गरेको मतदाता नामावलीमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५४९ मतदता गरी ८८० जना रहेका छन् ।

संघीय संसद अन्र्तगत राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गरिएका ३ जनाका हकमा पनि सर्वोच्च अदालतमा मुद्धा परेकाले उनीहरुको पनि मतदाता नामावलीमा नाम छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री