शनिबार, ८ वैशाख २०८१

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

समयपोष्ट २०७४ फागुन २१ गते ७:१५

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । संसदीय दलको कार्यालय सिंहदरवारमा भएको मतदानमा देउवाको पक्षमा ४४ मत खसेको थियो थियो । यसैगरी प्रत्यासी प्रकाशमान सिंहको पक्षमा १९ मत खसेको थियो ।

Advertisement

मतदानमा सबै ६३ सांसद सहभागि भए । देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार थिए भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका थिए । त्यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव थिइन् भने समर्थकमा सञ्जय गौतम रहेका थिए ।

नेपाली काँग्रेसको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिक तर्फबाट ४० जना सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री