शुक्रबार, ७ वैशाख २०८१

राजेन्द्र खड्गी पूर्पक्षका लागि जेल चलान

समयपोष्ट २०७४ फागुन २० गते ११:०१

मानव बेचबिखनको मुद्दा खेपिरहेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पूर्पक्षका लागि जेल चलान भएका छन् ।

Advertisement

जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

उनलाई सुन्धारा केन्द्रीय कारागरमा राखिएको छ।

खड्गीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी गरेको थियो।

कराते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने भन्दै कोरिया गएका ११ नेपाली उतै लुकेपछि कोरियन दूतावासको उजुरीमा खड्गीलाई प्रहरी पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री