शनिबार, ८ वैशाख २०८१

बैंकर्स संघले गर्यो साधारण बचतको व्याजदर ८ प्रतिशतभन्दा माथि नलैजाने निर्णय

समयपोष्ट २०७४ फागुन १९ गते ६:१०

वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुको संगठन बैंकर्स संघले साधारण बचतको व्याजदर ८ प्रतिशतभन्दा माथि नलैजाने निर्णय भएको छ ।

Advertisement

यस अघि मुद्धतीको निक्षेपमा ११ प्रतिशतभन्दा माथि नजाने निर्णय गरेको संघले शुक्रवारकाे छलफलबाट साधारण बचतमा ८ प्रतिशतभन्दा बढी व्याज नदिने निर्णय गरेको हो ।

अहिले नै १० प्रतिशतसम्मको व्याजदरमा बचतका अफरहरु आईरहेको अवस्थामा यस अघि भएको सम्झौता अनुसार ११ प्रतिशतसम्मको मुद्धती निक्षेपको सम्झौतालाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको बताइएको छ ।

अब बैंकहरुले साधारण बचतमा ८ प्रतिशतभन्दा बढी व्याज दिने छैनन् । अहिले १० प्रतिशतसम्मको व्याज दिइरहेका केही वाणिज्य बैंकहरुलाई संघले आउदो आइतबारसम्ममा ८ प्रतिशतको व्याजदर निर्धारण गर्न समय दिएको छ ।

गत आइतबारदेखि सुरु भएको व्याजदर नियन्त्रणको प्रयास शुक्रबार आएर निर्णयमा पुगेको हो । यो निर्णयबाट बैंकहरुको सीसीडी सन्तुलनमा केही राहत पुग्ने अपेक्षा बैंकर संघले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री