शुक्रबार, ७ वैशाख २०८१

राजकुमार विलियमले प्यालेष्टाइन तथा इजरायलको भ्रमण गर्ने

समयपोष्ट २०७४ फागुन १७ गते १४:२४

बेलायती राजकुमार विलियम यस बर्षको ग्रीष्म ऋतुमा प्यालेटाइन तथा इजरायलका साथै जोर्डनको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको बिहीबार बेलायतको केसिङ्टन राजदरबारले जनाएको छ ।

Advertisement

दरबारले दिएको जानकारी अनुसार राजकुमार विलियम प्यालेटाइन तथा इजरायलको औपचारिक भ्रमण गर्ने बेलायती राजपरिवारका पहिलो उच्च अधिकारी हुनुहुनेछ ।

राजकुमार विलियम बेलायती राजगद्दीको दावेदारका रूपमा दोस्रो व्यक्ति हुनुहुन्छ ।

“बेलायती सरकारको अनुरोधमा हुने राजकुमार विलियमको भ्रमण इजरायली, जोर्डनी तथा प्यालेष्टिनी अधिकारीद्वारा अनुमोदन भइसकेको छ,” दरबारद्वारा जारी विजप्तिमा उल्लेख छ ।

यसपूर्व बेलायती राजपरिवारका कुनै पनि सदस्यले प्यालेष्टिनी क्षेत्रको औपचारिक भ्रमण गर्नुभएको छैन ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयको निकट अधिकारी विलियमको यो पहिलो औपचारिक इजरायल भ्रमण हो । यस पहिले बेलायती महारानीका भतिज डूक अफ केन्ट तथा डुक अफ ग्लाउसेस्टरले उक्त मुलुकको भ्रमण गर्नुभएको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘भ्रमण ऐतिहासिक’ भएको भन्दै राजकुमार विलियमलको भ्रमणको स्वागत गर्नुभएको छ । रासस/एएफ्पी

प्रतिक्रिया

सम्बन्धित सामाग्री