मुख्यमन्त्री, मन्त्री र सांसदको तलब कति ?
समयपोष्ट
२०७४ फागुन १७ गते १:३४
प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक मस्यौदा बनाएको छ ।
मस्यौदाअनुसार मुख्यमन्त्रीको तलब ६० हजार ९ सय छ ।
मन्त्रीको तलब ५२ हजार रहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
त्यस्तै प्रदेश सांसदको पारिश्रमिक ४५ हजार रुपैयाँ हुनेछ ।
आवास, सवारी इन्धन, दैनिक भत्ता, भ्रमण भत्तालगायत सुविधा पनि छन् ।
प्रतिक्रिया