पूजा बेदीले सेयर गरिन् कण्डम विज्ञापनको फोटोसुट
बलिउड नायिका पूजा बेदीले ३० वर्षपछि इन्स्टाग्राममा एउटा पुरानो तस्विर सेयर गरेकी छिन् ।
पूजाले सन् १९९१ मा कण्डमको विज्ञापन गरेकी थिइन् जुन निकै विवादमा रह्यो । अब ३० वर्षपछि पूजाले यी तस्बिर पुनः साझा गरेकी छिन् र यी तस्बिरलाई कमालको तस्बिर बताएकी छिन् ।
यी तस्बिरमा पूजासँग मार्क रोबिनसन देखिएका छन् । यी तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘भगवान ! सन् १९९१ मा कामसूत्र कण्डमका लागि प्रबुद्ध गुप्ताद्वारा मेरो सुटमा केही कमालका तस्बिर खिचिएको थियो ।’ आफ्नो पोस्टमा पूजा बेदीले गौतम सिंघानियालाई पनि ट्याग गरेकी छिन् ।
पूजा र मार्कले यो विज्ञापन एउटा कण्डम कम्पनीका लागि गरेका थिए । सन् १९९१ मा यसलाई निकै बोल्ड मान्दै दूरदर्शनमा प्रतिबन्ध गरिएको थियो । पूजाको यो तस्बिर सोसल मिडियामा पुनः एकपटक चर्चाको विषय बनेको छ । केही सोसल मिडिया प्रयोगकर्ताले पूजा बेदीको निकै तारिफ गरिरहेका छन् भने केही सोसल मिडिया प्रयोगकर्तालाई यो तस्बिर फिटिक्कै मन परेको छैन ।
प्रतिक्रिया