बुधबार, १२ वैशाख २०८१

माओवादी केन्द्रको स्थाई समिती बैठकले गर्यो यस्तो निर्णय

समयपोष्ट २०७७ फागुन २५ गते १६:२३

Advertisement

नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थाई समिती बैठकले अहिले प्रमुख प्रतिपक्षी दलसँग छलफल, वार्ता अगाडि बढाउने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘बैठकले अहिलेको सन्दर्भमा संसद, सरकार र राजनीतिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दलसँग छलफल, वार्ता अगाडि बढाउने निर्णय गरेको छ,’ श्रेष्ठले भने ।

पार्टीले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता भने लिएको छैन । श्रेष्ठले नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताए ।

आजको बैठकले फागुन २९ गते केन्द्रीय कमिटी बैठक तथा चैत १ गते गते प्रशिक्षण भेला बोलाउने निर्णय समेत गरेको श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री