बिहीबार, १३ वैशाख २०८१

टुँडीखेलमा ल्याण्ड हुनुपर्ने सेनाको प्याराग्लाइडिङ प्रदर्शनीमार्गमा दुर्घटना

समयपोष्ट २०७७ फागुन २५ गते १३:१६

Advertisement

काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाईडिङ दुर्घटना भएको छ ।

सेना दिवसका लागि सैन्य अभ्यासको तयारी गर्ने क्रममा मंगलबार ३ वटा प्याराग्लाईडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बाहिर खसेर दुर्घटना भएको हो ।
प्याराग्लाइडिङमा सवार तीन जना सैनिकको अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

हावाको गतिका कारण टुँडीखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ फरक ठाउँमा ल्याण्ड भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री