शुक्रबार, १४ वैशाख २०८१

११ लाख घुससहित समातिईन् बानेश्वर प्रहरी वृत्तकी हवल्दार

समयपोष्ट २०७७ फागुन २४ गते २१:३३

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महिला हवल्दारलाई ११ लाख घुस रकमसहित पक्राउ गरेको छ ।

सोमबार अख्तियारले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत महिला हवल्दार ताराकुमारी श्रेष्ठलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनीसंगै होटल सञ्चालक अनिश जोशीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

भन्सार चोरी, निकासीको आरोपमा गौशाला प्रहरीको हिरासतमा रहेका रामेछाप लिखु–तामाकोशी गाउँपालिका मिलन श्रेष्ठलाई छुटाउँछु भनेर घुस लिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री