मंगलबार, ६ चैत २०८०

छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउँछु : प्रधानमन्त्री ओली

समयपोष्ट २०७७ फागुन २३ गते २१:१०

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी केन्द्रले समर्थन फिर्ता लिए संसद्‌मा विश्वासको मत लिने बताएका छन् ।

बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् ।

बैठकमा ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने समेत बताएका छन् । बैठकमा ओलीले आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

सभामुखले प्रचलित परम्परा अनुसार संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको, प्रधानमन्त्रीसँग समेत कुनै परामर्श नगरेको तथा संसद बैठकमा बोल्न दिने क्रममा समेत सरकारको विरुद्धमा बोल्न समय दिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएको सांसद महेश बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री