बुधबार, १२ वैशाख २०८१

आफ्नो पक्षमा फैसला आएपछि कट्टेलले भने-ओली प्रचण्डहरु हार्नै पर्ने थियो हारे

समयपोष्ट २०७७ फागुन २३ गते १६:५७

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्चको फैसला प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डलाई झापड भएको बताएका छन् ।

आइतबार सर्वोच्चले आफ्नो पक्षमा फैसला गरे लगत्तै कट्टेलले यस्तो प्रतिक्रिया दिएका हुन् । कट्टेलले प्रचण्ड र ओली सत्ताको मतमा अनुचित ढंगले मात्तिएको बताउँदै उनीहरुले हार्नै पर्ने र हारेको बताए ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ओली र दाहालको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको थियो ।

कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो । आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री