बिहीबार, १३ वैशाख २०८१

बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा एनएमबी बैंकका अध्यक्ष गोल्यान चयन

समयपोष्ट २०७७ फागुन २३ गते १४:५८

Advertisement

बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको प्रथम बार्षिक साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

शनिबार सम्पन्न साधारण सभाले वरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय,महासचिव केशव बहादुर रायमाझी ,कोषाध्यक्ष तुलसीराम अग्रवाल,सचिव कुश प्रसाद मल्ली, सह कोषाध्यक्ष मनोज कुमार केडिया,सदस्यहरुमा पृथ्वी बहादुर पाण्डे,तुलसी प्रसाद गौतम ,इच्छा राज तामाङ ,उपेन्द्र केशरी न्यौपाने ,महेन्द्र कुमार गोयल, दशरथ रिसाल र हिरेन्द्र मान प्रधानलाई चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पवनकुमार गोल्यानले कार्यसमितिको आगामी दुई बर्षमा गरिने विषयहरुवारे जानकारी गराउँदै संस्थालाई राष्ट्रकै अभिन्न अंगको रुपमा स्थापित गरि समग्र आर्थिक विकासमा टेवा पुर्याउने सहयोगी संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

साथै, नेपाल सरकार र सम्बन्धित नियामक निकायहरुसँग सहकार्य गर्दै समग्र राष्ट्र निर्माणका लागि नयाँ सोचसहित अगाडि बढ्ने, देशमा हजारौ साना तथा मझौला उद्यमीहरुको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसरहरु सृजना गर्न लागिपर्ने विषयमा जोड दिएका । राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सिविफिन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थाहरुसँग सहकार्य गरी अगाडि बढ्न सक्यो भने अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री