शनिबार, ८ वैशाख २०८१

प्रियंकाले न्यूयोर्कमा खोलिन् भारतीय रेष्टुरेन्ट

समयपोष्ट २०७७ फागुन २३ गते १२:१३

Advertisement

नायिका प्रियंका चोपडाले न्यूयोर्कमा आफ्नो नयाँ व्यवसाय सुरु गरेकी छिन् । उनले त्यहाँ भारतीय रेष्टुरेन्ट खोलेकी छिन् । नायिकाले सोसल मिडियामा आफ्नो यो रेष्टुरेन्टबाट जानकारी साझा गरेकी छिन् ।

प्रियंका लेख्छिन्, ‘म तपाईंहरु समक्ष सोना पेश गर्न पाउँदा निकै खुसी छु । न्यूयोर्कमा एउटा नयाँ रेष्टुरेन्ट जहाँ मैले भारतीय खाना प्रति आफ्नो प्रेम पस्किएकी छु । भारतीय खानाको स्वाद र फ्लेवर्स सोनामा छ । शेफ हुन् हरी नायक जो निकै प्रभावशाली छन् जसले उत्कृष्ट मेन्यू तयार गरेका छन् । तपाईंलाई मेरो शानदार देशको यात्रामा लिएर जाँदैछु । सोना यो महिनाको अन्त्यमसम्म खोलिनेछ र त्यहाँ तपाईंहरुलाई हेर्न म प्रतीक्षा गर्न सक्दिनँ । यो कोसिस मेरा साथीहरु मनिष गोयल र डेविड रेबिनको नेतृत्व बिना सम्भव हुने थिएन । यो सोचलाई यति स्पष्टतासँग साकार गर्नका लागि हाम्रा डिजाइनर मेलिसा बोवर्स र अन्य समूहलाई धन्यवाद । ’

प्रियंकाले आफ्नो रेष्टुरेन्ट सोनाको झलक पेश गर्दै अन्य दुईवटा तस्बिर पनि सेयर गरेकी छिन् । दोस्रो र तेस्रो तस्बिरमा उनी पूजा गरिरहेको देखिएकी छिन् । उनी पोस्टमा थप्छिन्, ‘दोस्रो र तेस्रो तस्बिर सेप्टेम्बर सन् २०१९ मा लिइएको थियो जब हामीले यो ठाउँमा एउटा सानो पूजा गरेका थियौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री