शनिबार, ८ वैशाख २०८१

पुनःस्थापित प्रतिनिधि सभाको बैठक आज, यस्तो छ कार्यसुची

समयपोष्ट २०७७ फागुन २३ गते १०:५४

Advertisement

पुनःस्थापित प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

पुनर्स्थापनासँगै संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो ४ बजेका लागि पहिलो बैठक बोलाएकी हुन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठक १३ दिनभित्र बोलाउन आदेश दिएसँगै संसदको सातौं बैठक बस्न लागिएको हो।

बैठकको शुरुमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले सुनाउने कार्यसूची रहेको छ । लगत्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन्। साथै कार्यसूचीमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र कानुनमन्त्री लिलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेश गर्ने तालिका रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री