शुक्रबार, १६ चैत २०८०

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

समयपोष्ट २०७७ फागुन २२ गते १९:२७

Advertisement

बहुप्रतीक्षित सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको छ ।

मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी सुन्दरी जल आइपुगेको हो । शनिबार आयोजित विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुन्दर जलमा पानी खसाले ।

मेलम्चीबाट अब दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले अस्थायी बाँधबाट सुरुङमा पानी हालिएको र २ महिनाभित्र स्थायी बाँधबाट पानी पठाइने जनाएको छ ।

साढे ८ करोड लिटर पानी प्रशोधन क्षमतामा पानी प्रशोधन गरेर काठमाडौंमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले बताएका छन् । काठमाडौं उपत्यकामा खानेपानी लिमिटेडका ६ वटा पोखरीमा पानी पठाएर त्यहाँबाट पनि वितरण गर्ने तयारी गरिएको छ ।​

शनिवार साँझ प्रधानमन्त्री पत्नी राधिका शाक्य,उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री मणि थापा, मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्री लगायत सुन्दरीजल पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री