शुक्रबार, १६ चैत २०८०

मेलम्चीको पानी आज आइपुग्ने, प्रमले अवलोकन गर्ने

पत्रपत्रिका २०७७ फागुन २२ गते ७:४१

Advertisement

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिवार पानी सुन्दरीजलस्थित प्रशाेधन केन्द्रमा झर्ने भएको छ ।

हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी भोलि अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सोको अवलोकन गर्नु हुने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँले आजसम्म पानी १९ किलोमिटरको दुरीमा पानी आइपुगेको र अब एक किलोमिटर जति असजिलाे भाग रहेको र त्यसपछि बाँकी भाग ओरालो भएकाले भोलिसम्म पानी सुन्दरीजल आइपुग्ने बताउनुभयो ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियाे ।

हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री