बुधबार, १२ वैशाख २०८१

प्रचण्ड संसदीय दलको नेता चयन

समयपोष्ट २०७७ फागुन २१ गते १५:५६

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहको संसदीय दलको नेतामा पुष्प कमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा शुक्रबार बसेको प्रचण्ड–माधव समुहको संसदीय दलको बैठकले ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिए ।

बैठकअघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको सो समूहको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री