शनिबार, ८ वैशाख २०८१

सरकार र विप्लव समूहबिच सहमतिपत्रमा हस्ताक्षर

समयपोष्ट २०७७ फागुन २१ गते १५:२९

Advertisement

सरकार र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित एक समारोहकाबिच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवको उपस्थितिमा सरकारी टोलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट प्रकाण्डले हस्ताक्षर गरे ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री