बुधबार, १२ वैशाख २०८१

महिनावारी भएको बेला प्रयोग गर्ने प्याड बन्न सक्छ क्यान्सरको कारण

समयपोष्ट २०७७ फागुन २१ गते १३:२४

Advertisement

योनी शरीरको सबैभन्दा संवेदनशिल अंग हो । त्यसैले यसको हेरचाह गर्न अन्यन्त जरुरी छ । अझ महिनावारी भएको बेला यसको विशेष ख्याल राख्नुपर्छ ।

महिनावारी हुँदा गोप्य अंगमा चिलाउने, पोल्ने तथा अन्य समस्याहरु आउने गर्छ । विशेषगरी, महिनावारीको समयमा प्रयोग गरिने गलत प्याड, असुरक्षित यौनसम्पर्क, सरसफाईको कमिका कारण योनी चिलाउने, पोल्ने, इन्फेक्शन हुने, पिसाब पोल्ने र क्यान्सर समेत गराउने किटाणु पैदा हुने चिकित्सकहरु बताउँछन् । त्यसैले, महिनावारीको समयमा वा अन्य समयमा सफरसफाईसँगै प्रयोग गरिने प्याड पनि सुरक्षित हुन आवश्यक छ । हरेक महिलालाई महिनावारीको समयमा रक्तस्राव हुन्छ । तर कुनै महिलालाई महिनावारीको समयमा धेरै रगत बग्ने समस्या हुन्छ भने कसैलाई कम । यसको लागि सही प्याडको प्रयोग आवश्यक छ ।

सेनेटरी प्याड कटन र पिभिसी मेस सामाग्रीबाट बनेका हुन्छन् । कुनै महिलालाई नरम खालका सामाग्री प्रयोग गर्दा सहज हुन्छ र केहीलाई नेटलेड लेयर सामाग्री प्रयोग गर्दा सहज हुन्छ । त्यसैले आफ्नो छाला कस्तो प्रकारको हो सोही अनुसार सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ । सेनेटरी प्याडका दुई प्रकारका हुन्छन् । दिउँसो प्रयोग हुने प्याड १७ देखि २५ सेन्टिमिटर लामो हुन्छ भने राति प्रयोग हुने ३५ सेन्टिमिटर लामो हुन्छ । जति लामो प्याड भयो उत्ति नै रगत सोस्ने क्षमता बढी हुन्छ । प्याडको प्रयोग गर्दा धेरैभन्दा धेरै रगत सोस्ने र योनी वरिपरि सुख्खा बनाइराख्ने हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री