शनिबार, ८ वैशाख २०८१

ओली,नेम्वाङ र चौधरीलाई पार्टीबाट निष्काशन गरेको पत्र दाहाल-नेपाल समूहद्वारा संसद्‍ सचिवालयमा दर्ता

समयपोष्ट २०७७ फागुन २० गते १९:३१

Advertisement

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी गराएको छ ।

बिहीबार प्रचण्ड माधव समूहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मालगायत नेता संसद सचिवालय पुगी
सो बारे जानकारी गराएका हुन् ।

‘संसद्‍ पार्टीका संसदीय दलका निर्णयअनुसार चल्ने भएकाले हामीले पार्टीमा भएको परिमार्जनबारे संसद् सचिवालयलाई जानकारी गराएका छौं । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका व्यक्तिबारे पार्टीले गरेका निर्णय जानकारी गराएका हौं’,पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता देव गुरुङले भने ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर भएको ‘जानकारी सम्बन्धी पत्रमा’ ‘असंवैधानिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनको निर्णयलाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनः स्थापित भइसकेको अवस्थामा माथिका प्रकरणहरुमा उल्लेखित वस्तु तथ्यको विपरित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तथा यसको संघीय संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि काम कारवाहीलाई अनाधिकृत भई मान्य नहुने कुरा जानकारी गराउँछु’ भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री