बिहीबार, १३ वैशाख २०८१

नहरपुर मा.बिको नयाँ भवन निर्माणका लागि भारत सरकारको ४.४१४ करोड आर्थिक सहयोग

समयपोष्ट २०७७ फागुन २० गते १८:०५

Advertisement

भारत सरकारले बुटवल स्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि ४.४१४ करोड आर्थिक सहयोग गर्ने भएको छ ।

रुपन्देही बुटवल वडा नं ११ नहरपुरस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उप–महानगरपालिकाबिच बिहीबार एक सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सम्झौता अनुसार भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अनुरुप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ अन्तर्गत ४.४१४ करोड करोडको लागतमा उक्त नयाँ भवनको निर्माण हुनेछ ।

सन् १९७१ मा स्थापना भएको उक्त बिद्यालय राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध छ । उक्त विद्यालयले प्लस–टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ । हाल विद्यालयमा अध्ययन गरिरहेका कूल ११२७ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन् ।

सन् २००३ यता भारतले स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभीटी, सरसफाई र सार्वजनिक उपयोगिताका क्षेत्रमा सबिकको ‘साना विकास परियोजना’ र अहिलेको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अन्तर्गत नेपालको सातैवटा प्रदेशमा ४४६ वटा परियोजना सम्पन्न गरिसकेको छ । ती मध्ये रुपन्देही जिल्लामा मात्रै १० गरी प्रदेश–५ मा ४१ वटा रहेका छन् भने सोही प्रदेशमा अन्य ९ वटा परियोजनाहरु विभिन्न चरणमा रहेका छन् ।

भारतले ५८०० मिलियन पुनर्निर्माण अनुदानमा २०७२ सालको विनाशकारी भुकम्पले क्षती पुर्याएका आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ । यस पुनर्निर्माण कार्यक्रम अन्तर्गत आठ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालयको काम अघि बढिरहेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय परियोजनाका लागि पनि टेण्डर प्रक्रिया अघि बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री