शुक्रबार, १६ चैत २०८०

युवतीलाई आँप बगैँचामा बलात्कार

समयपोष्ट २०७७ फागुन २० गते १३:०६

Advertisement

एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो । आमासँगै जिल्ला प्रहरी कार्यालय पुग्नुभएकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो ।

खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा विसं २०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री