शुक्रबार, १६ चैत २०८०

सिबा अर्घाखाँचीले शुरु गर्यो १ महिने खरिदार तथा ना.सु स्तरीय अभिमूखीकरण कार्यक्रम

समयपोष्ट २०७७ फागुन २० गते १२:४४

Advertisement

अशोक खनाल

निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन (सिबा), जिल्ला कार्य समिति अर्घाखाँचीले १ महिने खरिदार तथा ना.सु स्तरीय अभीमुखीकरण कार्यक्रमम एक कार्यक्रमका बीच आज उद्घाटन गरी शुभराम्भ गरेको छ । कार्यक्रम २०७७ फागुन २० गते देखि शुरु भएको हो । सिबा कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले कर्मचारीहरुको हक, हितको लागि वकालत गर्ने निर्वाचित छाता संगठन हो ।

यसलाई आफ्नो स्वार्थको काम मात्रै र सरुवा बढुवाको लागि यस संस्था लाग्ने गरेको आरोपको चिरफार गर्दै सिबा, अर्घाखाँचीले यस्ताखाले रचनात्मक क्रियाकलापले कार्यक्रमले सर्वसाधरण समेतलाई धेरै फाईदा पुग्ने छ ।

राजधानी तथा मोफसलहरुमा निजी क्षेत्रले संचालन गर्ने तयारी कक्षा महंगो हुने तथा आर्थिक अभावका साथै अन्य प्राविधिक कठिनाईले उक्त प्रकारका कक्षा लिन नपाउनेहरुको लागि यो कोशेढुङ्गा सावित हुने विभिन्न वक्ताहरुले शुभकामना मन्तव्यमा बताएका थिए । कार्यक्रममा सहभागीहरु करिव ६५ जना उपस्थित भएका थिए । विहान ७ बजेदेखि संचालन हुने अभिमूखीकरण कार्यक्रममा जिल्लामा मौजुदा अधिकृत स्तरका कर्मचारीहरुले निस् शुल्क कक्षा लिने बचनवद्धता प्रकट गर्नु भएको थियो । कार्यक्रम सिबा, अर्घाखाँचीका अध्यक्ष झविन्द्र खनालको अध्यक्षता, प्रमुख जिल्ला अधिकारीको प्रमुख अतिथ्यता, सचिव विवेक पन्तको संचालन सह-सचिव तारा पोखरेलको स्वागत मन्तव्य र कार्यक्रमको बारेमा सदस्य विकल्प भट्टराईले बताएको अभिमूखीकरण कार्यक्रममा संयोजक कृष्ण वर्माले बताउनुभयो । उक्त कार्यक्रममा यस जिल्लामा आउनु भएका भूमेकास्थानका प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत क्षेत्री र सहायक वन अधिकृत मोहन मिश्रलाई कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिले खादा तथा अविर लगाई स्वागत गर्नु भएको थियो ।

सिबा, अर्घाखाँचीले कोभिड-१९ पछि विभिन्न रचनात्मक र सामाजिक उत्तरदायित्वको क्रियाकलापहरु संचालन गर्दै आएको छ । २०७७ पौष २९ गते कर्मचारी पत्रकार र सेवाग्राहीहरुको उपस्थितिमा कोभिड-१९ ले सेवा प्रवाहमा पारेको चुनौती र अबसर विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो । त्यस्तै यस जिल्लालाई कर्मथलो बनाएर आउनुहुने सम्पूर्ण कर्मचारीहरुलाई स्वागत र बिदाई भएर जाने कर्मचारीहरुलाई नियमित बिदाई गर्ने कार्यक्रम गर्दै आई रहेको छ भने जिल्ला भित्रिने नाकाहरुमा स्वागत तथा जानाकारीमूलक होर्डिङ्गबोर्डहरु राख्ने काम गरेको छ ।

समितिले अब जिल्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई हुने गरी कार्यक्रम संचालन गर्ने योजना रहेको अध्यक्ष खनालले उक्त कार्यक्रममा बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री