मंगलबार, ६ चैत २०८०

महालक्ष्मी विकास बेैंकद्वारा विद्यार्थीहरुका लागि विद्यालय पोशाक वितरण

समयपोष्ट २०७७ फागुन २० गते १२:३६

Advertisement

महालक्ष्मी विकास बैंक लि. ले बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ ।

बैंकको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार सिद्घार्थनगर न. पा.–४, दोगहरामा अवस्थितदुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको हो ।

सिद्घार्थनगर न.पा. वडा नं. ४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री