बुधबार, १२ वैशाख २०८१

थप तीन सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि भारतले २४.६ करोड सहयोग गर्ने

समयपोष्ट २०७७ फागुन १९ गते १६:५६

Advertisement

भारत सरकारले थप तीन वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने भएको छ ।

बुधबार भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक,राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरुमा ललितपुर स्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोक स्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा पर्दछन् । इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनस्र्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले गर्नेछ ।

२०७२ सालको विनाशकारी भुकम्पले क्षती पु¥याएका यी तीन सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत नेरु २४.६ करोड को लागतमा हुनेछ । भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनस्र्थापना र पुनर्निर्माणका लागि कूल ५० मिलियन अमेरिकी डलर ९नेरु ५ अर्ब ८० करोड० सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत अघि बढाइने २८ वटा सांस्कृतिक परियोजना मध्ये ६ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ । यसै क्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र काठमाडौं महानगरपालिकाका मेयरले गत फागुन १६ गतेका दिन काठमाडौंको जनबहाल स्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापनाका लागि संयुक्त रुपमा भूमि पूजन कार्यक्रम सम्पन्न गर्नुभयो ।

भारतले बिगतदेखि नै सांस्कृतिक सम्पदाको पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गर्दै आएको छ । यो सहकार्यले दुई देशबीचको बलियो र ऐतिहासिक मैत्री सम्बन्धको आधारको रुपमा रहेको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गर्दछ । नेपाल सरकारको प्राथमिकता अनुरुप लामो समय देखिको आफ्नो अटूट एवम् बहुआयामिक विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार कटिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री