शनिबार, ८ वैशाख २०८१

प्रचण्ड–माधव समुहको केन्द्रीय समिति बैठक बस्दै

समयपोष्ट २०७७ फागुन १९ गते १०:२३

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बस्ने भएको हो । केन्द्रीय समिति बैठक अघि सचिवालय र स्थायी समिति बैठक पनि बस्दैछ । सचिवालय १० बजे र स्थायी समिति बैठक ११ बजे बस्न लागेको हो ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा रणनीति बनाउन बैठक बोलाएको सो पार्टीका नेताहरुले बताएका छन् । केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेसँगै आगामी समिकरण कसरी र संसदमा कसरी फेस गर्ने भन्ने विषयमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री