शनिबार, ८ वैशाख २०८१

कोमल वलीलाई करिष्माको साथ,नेता पन्तलाई भनिन् -सेतै फुलेका बुज्रुक प्रति दया लाग्यो

समयपोष्ट २०७७ फागुन १७ गते १३:३३

Advertisement

राष्ट्रिय सभा संसद कोमल ओलीलाई प्रचण्ड माधव समुहका नेता रघुजी पन्तले गरेको टिप्पणी बारे अभिनेत्री करिष्मा मानन्धरले प्रतिक्रिया दिएकी छिन् । उनले सोमबार सामाजिक सञ्जाल मार्फत पन्तको बिरोध गरेकी हुन् ।

करिष्माले नेता पन्तलाई भनेकी छिन्, ‘ठुला ठुला विचार बोक्छु भन्ने दावी गरेका , ठुला ठुला नाम भयेका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काे प्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा पार्थ्यो ,घोच पेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि भान हुन्थ्यो ,अब त हुँदा हुँदा शब्दमा अपराधीक मानसिकता पनि देखिन थाल्यो ‘,उनले लेखेकी छिन् ,’त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुक प्रति दया पनि लाग्यो ‘।

करिष्माले पन्तलाई सुझाव दिदै भनेकी छिन्,’पहिला आफुले आफुलाइ सम्मान गर्नुस ,अनि अरुलाई सम्मान गर्न स्वतह सक्नुहुनेछ ।
छोरीचेली बारे केही बोल्दा अफ्नि जननीलाई मस्तिष्कमा राखेर बोल्नुस, ताकी समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस ‘।

प्रतिक्रिया

सम्बन्धित सामाग्री