बिहीबार, १५ चैत २०८०

प्रचण्ड–नेपाल समुहको सचिवालय बैठक : स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

समयपोष्ट २०७७ फागुन १७ गते १२:१४

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका सन्दर्भमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

सचिवालय बैठकले केन्द्रीय समितिको बैठक फागुन १९ गतेका लागि तय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गरेको पनि बताए ।
उनले भने, ‘निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धीमा हामीले दाबी गरेको अनुरोधका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति पनि हामीले अनुरोध गरेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री