शुक्रबार, १६ चैत २०८०

कोभिड-१९ संगै जुध्दै जनता, थाइ राजा भने बीस युवती बोकेर जर्मन टाप

समयपोष्ट २०७६ चैत १७ गते २१:०३

Advertisement

थाइल्याण्डका राजा महा वाजिरालोङकर्न कोभिड-१९बाट गुज्रिरहेका जनतालाई छाडेर जर्मनी गएको खबर छ । डेली मेलका अनुसार उनी त्यहाँको आलिसान होटल रिजर्भ गरेर बसेका छन् । उनीसंग उनकी चौथी पत्नी सुथिदा तिदजई साथ भए नभएको जानकारी नभएको बताइएको छ । राजाले उनका साथ बीस युवती समेत साथमा लगेको बताईएको छ ।
कोरोना भाइरसको आतंकपछि राजा बसिरहेको इलाकाका अधिकांश होटल तथा गेस्टहाउस बन्द गर्न भनिएको छ । तर, त्यहाँको डिस्ट्रिक काउन्सिलले राजालाई सिंगल गेस्ट भन्दै र एउटै समूह रहेको कारण दर्शाउँदै बस्ने स्वीकृति दिइएको बताएको छ ।

समाचारमा उनले यसअघि आफूसँगै त्यहाँ पुगेका परिवारका ११९ मानिसलाई संक्रमणको आशंकामा थाइल्याण्ड फिर्ता गरिदिएको बताइएको छ ।

यसैबीच, संकटको बेला राजा भागेर जर्मनी गएको खबरले थाइल्याण्डका जनतामा भने आक्रोश पैदा गरिरहेको बताइएको छ । ठूलो संख्यामा मानिसहरु सामाजिक सञ्जालमा राजाको आलोचना गरिरहेका छन् । यो देशमा राजाको आलोचना गर्नेमाथि १५ वर्षसम्मको जेल सजाय हुनसक्ने कानून छ । तर, यसको परवाह नै नगरी सर्वसाधारण उनको आलोचनामा उत्रिएका छन् । त्यहाँका १२ लाखभन्दा बढी मानिसले ‘हामीलाई यस्तो राजा किन चाहियो ?’ भन्दै ट्विट गरिसकेका छन् ।

राजा महा यस्तो समयमा जनतालाई छाडेर हिँडेका छन्, जुनबेला पूरा देश कोरोना महामारीसँग जुँधिरहेको छ । थाइल्याण्डमा निकै छोटो समयमै १२०० भन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री