बुधबार, १२ वैशाख २०८१

मेटलाइफ नेपालले अनलाईन माध्यमबाट सेवा दिने

समयपोष्ट २०७६ चैत १६ गते १९:३९

Advertisement

मेटलाईफ नेपालले कोभिड–१९ का कारण सम्पूर्ण बीमा सेवाहरु बन्द भएपनि अनलाईनबाट हुने सेवाहरु निरन्तर चल्ने जनाएको छ । कम्पनीले बिमितलाई पर्न सक्ने असहजतालाई ध्यान दिँदै यस्तो व्यवस्था गरेको जनाएको छ ।

के के छन् कम्पनीले जारी गरेकाे सूचनामा

– लकडाउनको अवधिका कारण बीमाशुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बीमालेखहरुलाई निरन्तरता दिने ।

– लकडाउनका कारण भुक्तानी हुन नसकेका बीमाशुल्क सार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिन भित्र भुक्तानी गरेमा कुनैपनि बिलम्ब शुल्क नलाग्ने ।

– कम्पनीको वेवसाईट अनलाईन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने ।

– अत्याआवश्यक सेवासम्बन्धि सम्पूर्ण कार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने ।

– फोन, फेसबुक र इ–मेलको मार्फत ग्राहकहरु, कर्मचारीहरु तथा अभिकर्ता लगायतका व्यवसायिक साझेदारहरुलाई आवश्यक जानकारी सेवा प्रदान गर्ने ।

– मेटलाईफ, नेपालका सबै विद्यमान, दुर्घटना र स्वास्थ्य बीमा लगायतका व्यक्तिगत तथा सामूहिक जीवनबीमा लेखहरु, बीमालेखका सर्तहरुको अधिनमा रहि सदा झैँ रक्षावरण प्रदान गरिने छ ।

सम्पर्कका व्यक्तीको रुपमा मेट लाईफले कर्मचारीहरु प्रजनी शाही, सलीना शाक्य र मनोज नेपाललाई तोकेको छ । ‘हामीले हाम्रो ग्राहकहरू, कर्मचारीहरु तथा अभिकर्ता लगायतका ब्यवसायिक साझेदारहरु प्रतिको उत्तरदायित्वलाई पूर्ण गम्भीरताका साथ लिईरहेका छौं र हाम्रा ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्न सधै प्रतिबद्ध छौं’- मेटलाइफ नेपालद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री