शुक्रबार, १४ वैशाख २०८१

सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफले गर्यो थप दुई अनलाइन सेवा सार्वजानिक

समयपोष्ट २०७६ चैत १६ गते १९:२५

Advertisement

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा हामी सबैले आफु लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको छ ।

यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले मेचुरिटी क्लेम र क्लेम इन्टीमेसन अनलाइन सेवा संचालनमा ल्याएको छ ।

मेचुरिटी क्लेम सेवा मार्फत आफ्ना बीमितहरुले बीमा लेख मेचुरिटी हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा मेचुरिटीको समय पुगेका बीमितहरुले आफ्नो बीमा लेखको मेचुरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट मेचुरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी क्लेम इन्टीमेसन सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् । नेपाल लाइफका ग्राहकले https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx मा गएर यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ ।

जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आप्mना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आप्mना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा भर्चुअल अफिसको रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।

यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आप्mना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा÷उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवा , प्रभुपे र नेपाल इन्भेष्टमेन्ट बैंक मार्फत अनलाइृन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ । साथै यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री