मंगलबार, ११ वैशाख २०८१

नेपालबाट भारत फर्किएका युवामा कोरोना संक्रमण

समयपोष्ट २०७६ चैत १६ गते १६:०९

Advertisement

नेपालबाट केही दिनअघि मात्र भारत फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भारतको हरियाणा राज्यको अम्बाला शहरका एक २१ वर्षीय युवा अघिल्लो सातामात्र नेपालबाट फर्किएका थिए ।

संक्रमित युवालाई हाल अम्बालाकै सिभिल अस्पतालमा भर्ना गरिएको छ । संक्रमित युवा कामका लागि अर्का एकजना साथीसँगै गत ९ मार्चमा नेपाल आएका थिए । त्यसपछि उनी १९ मार्चको अपरान्ह तीन बजेको काठमाडौंबाट दिल्ली फर्किएको बताईएको छ । दिल्ली विमानस्थलमा जाँचका क्रममा उनको स्वास्थ्य अवस्थामा सामान्य भएकाले उनलाई घरमै गएर होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको थियो । उनलाई कोरोना पुष्टि भएपछि नेपालबाट सँगै गएका अर्का युवाको पनि स्वास्थ्य परीक्षण गरिएको छ । तर, उनको रिपोर्ट आइनसकेको बताईएको छ । उनलाई नेपालमै भाइरसको संक्रमण भयो वा भारत आएपछि भयो भन्ने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री