शुक्रबार, ७ वैशाख २०८१

आइएमई पेको नयाँ योजना : वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा

समयपोष्ट २०७६ चैत १४ गते १७:२०

Advertisement

आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजनामा ग्राहकहरुले वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरि ४ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि सेवाग्राहीहरुले वालेटमा रु. १००० को न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ । अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिट्यान्स थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ । साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ । यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ । बैंक बाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन । आइएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् ।

यस योजनामा आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यसब्यक प्रदान गर्ने छ्र । हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् ।

यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने छन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ ।

हाल विश्वव्यापी महामारी फैलिएको अवस्थामा आइएमई पे सबैलाई डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी आफ्नो अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न अनुरोध गर्न चाहन्छ । सेवाग्रहिहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत नै भुक्तानीतथा मनि ट्रान्सफर गरि सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ । देशको स्थिति सामान्य हुदै गएपछि नगदको आवश्यकता परेमा देसभारिका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम नि:शुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पुरा गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री