शुक्रबार, ७ वैशाख २०८१

कोभिड– १९ : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ३० श्ययाको क्वारेन्टाइन

समयपोष्ट २०७६ चैत १४ गते १३:१९

Advertisement

कोभिड– १९ का सम्भावित विरामीको उपचार गर्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले ३० श्ययाको निगरानी कक्ष( क्वारेन्टाइन ) स्थापना गरेकोे छ ।

अस्पतालका अध्यक्ष दीपक कुँवरले अस्पतालमा रहेको विशेष सघन उपचार कक्षलाई क्वारेन्टाइन र कोभिड–१९ को उपचारका लागि प्रयोगमा ल्याउन लागिएको जानकारी दिनुभयो । “३० श्ययाको क्वारेन्टाइन वार्डलाई प्रत्येक दुई मिटरको दूरीमा राख्दा १९ श्यया तयारी अवस्थामा रहेको र बाँकी ११ श्यया पनि थप्न सकिन्छ”, उहाँले भन्नुभयो ।
सो अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रनलयको निर्देशनअनुसार चैत ५ गतेदेखि नै छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालनमा ल्याइसकेको तथा इन्फेक्शन कन्ट्रोलका लागि स्थापनाकालदेखि नै ‘इन्फेक्शन कन्ट्रोल डिपार्टमेन्ट’ स्थापना गरेको अध्यक्ष कुँवरले बताउनुभयो ।

अस्पतालले विगतका दिनमा अफ्ठ्यारो परेको समयमा समेत बिरामीलाई उपचार गरेको बताउँदै उहाँले आगामी दिनमा पनि सरकारसँगको सहकार्यमा अस्पतालले काम गर्ने उल्लेख गर्नुभयो । अस्पतालले सो भाइरसको उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीलाई गाँस, बासका साथै विशेष आइसोलेशन कोठाको समेत व्यवस्था गरेको छ । टोखामा ६ वर्षपहिले स्थापना भएको ग्राण्डी अस्पतालमा हेलिप्याडसमेत रहेको छ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ग्राण्डी अस्पतालले क्वारेन्टाइन स्थापना गरेसँगै टोखा क्षेत्रमा कोभिड–१९ को सम्भावित जोखिमको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । टोखाले प्राथमिक स्वास्थ्य केन्द्र टोखामा समेत १० श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । यस्तै नगरपालिकाका प्रत्येक चोकमा हात धुन पानीको धारा जडान गरेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री