बिहीबार, ६ वैशाख २०८१

सार्क क्षेत्रका स्वास्थ्य अधिकारीबीच भिडियो कन्फ्रेन्स

समयपोष्ट २०७६ चैत १४ गते ११:१३

Advertisement

कोराना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएका बेला दक्षिण एसियाली सहयोग संगठन (सार्क) क्षेत्रका स्वास्थ्य अधिकारीहरुबीच छलफल भएको छ।

बिहीबार भएको भिडियो कन्फ्रेन्समा कोभिड–१९ आपत्कालीन मेकिडल प्रतिक्रियाबारे सूचना आदान–प्रदान गर्न साझा संयन्त्र बनाउने सहमति पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तो संयन्त्र अप्रिल १३ सम्म कायम रहने छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा २ चैतमा भएको सार्क क्षेत्रका नेताहरुबीचको भिडियो कन्फ्रेन्स भएको थियो । त्यसैको सिलसिलामा पछिल्लो अपडेटसहित सार्क देशका स्वास्थ्य अधिकारीहरुबीच कुराकानी भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री