शुक्रबार, ७ वैशाख २०८१

एनसेलको रिचार्जमा पाउनुहोस् १२० प्रतिशत बोनस

समयपोष्ट २०७६ चैत १४ गते ११:०४

Advertisement

एनसेलको प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त हुने भएको छ ।

एनसेलले कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाइ नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको जनाएको छ ।

यस संकटको अवस्थामा एनसेल एक जिम्मेवार र एक अत्यावश्यक सेवा प्रदायकका रूपमा आफ्ना सेवा चुस्त र निरन्तर सुचारु राख्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।

ग्राहकले रिचार्ज वापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।

रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुने एनसेलले जनाएको छ ।

यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु २००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् ।

यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्त गर्छन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्त गर्छन् । बोनस रकम तीन दिन सम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

हालको विपद्को परिस्थितिलाई मध्य नजर गदैं बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जीबीको स्टे होम प्याक र रु २०० सम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री