बुधबार, १२ वैशाख २०८१

टेलिकमले समयावधि सकिएका लाइनहरूको म्याद थप गर्ने, जरिवाना समेत मिनाहा

समयपोष्ट २०७६ चैत ११ गते २०:५७

Advertisement

नेपाल टेलिकमले एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने भएको छ । सोमबार एक बिज्ञप्ती जारी गर्दै टेलिकमले
कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना समेत लकडाउन अवधिभरको लागि मिनाहा गर्ने जानकारी दिएको छ ।

सरकारले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि चैत्र ११ देखि १८ सम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ । यस सन्दर्भमा अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा नेपाल टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री