शुक्रबार, ७ वैशाख २०८१

कोरोनाका शंकास्पद बिरामीको संख्या बढ्दै, टेकु र पाटनको बेड भरियो, सशस्त्रको अस्पतालले बिरामी लिन नमानेपछि उपचारमा समस्या

समयपोष्ट २०७६ चैत ११ गते १३:५१

Advertisement

नोभल कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्न थालेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन्।

दुवै अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना गर्न समस्या भएको चिकित्सकले बताएका छन् । सरकारले टेकु, पाटन र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कोरोना भाइरसका संकास्पद बिरामीको तत्काललाई परीक्षण र उपचार गर्ने निर्णय गरेपनि सशस्त्रको बलम्बुस्थित अस्पतालले तयारी नगरेको भन्दै बिरामी नलिएको बताईएको छ । टेकु आइपुगेका दुईजना शंकास्पद बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको र एकजनालाई आइसोलेसनमा अक्सिजन दिएर राख्नैपर्ने रहेको चिकित्सकले बताएका छन्।

सप्तरीबाट आएका एक बिरामीलाई तत्काल उपचारको खाँचो भएको र उनलाई कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको छ । तर सशस्त्रको अस्पतालले बिरामी लिन नमानेको बताइएको छ ।

सशस्त्रले लिन नमानेपछि टेकुको आइसोलेसन वार्डका सामान्य बिरामीलाई पाटन अस्पताल पठाउने तयारी गरिएको र पाटनका बिरामीलाई टेकुको जनरल बेडमा ल्याएर टेकुको आइसोलेसन वार्डको बेड खाली गर्ने तयारी टेकु अस्पतालले गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री