शुक्रबार, १६ चैत २०८०

भौतिक पुर्वाधार निर्माण मुख्य प्राथमिकतामा छ : मेयर अधिकारी

समयपोष्ट २०७६ चैत १ गते १३:५७

Advertisement

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफुहरु भौतिक पुर्वाधार निर्माणलाई मुख्य प्राथमिकता दिएर अगाडी बढेको बताएका छन् ।

शनिवार टोखा नगरपालिका ८ स्थित साइनो टोल विकास सस्थाको सडक ढलान कार्यको उद्घाटन गर्दै उनले सडक, खानेपानी, र बिद्यालय भवन निर्माणलाई मुख्य प्राथमिकता दिएर अघि बढेको बताए ।

‘अधिकतम रुपमा सडक व्यवस्थित गर्ने, खानेपानी आपुर्ति गर्ने, शहरको सौन्दर्यता बढाउन प्रत्येक वडामा एउटा भए पनि पार्क निर्माण गर्ने र शहरलाई उज्यालो शहरको रुपमा रुपान्तरण गर्ने मेरो प्रतिबद्धता अनुसार नै अगाडी बढेका छौं, उनले भने ‘अहिले टोखा नगरपालिका छिर्ने ८ वटा नाकाका अस्तव्यस्त बाटाहरु व्यवस्थित बनाउने कार्य ८० प्रतिशत पुरा गरिसकेका छौं ।’

मेयर अधिकारीले भौतिक पुर्वाधार सम्पन्न र शिक्षाको गुणस्तर बनाएर सामुदायिक बिद्यालयप्रति नगरबासीको आकर्षण बढाउने उदेश्यले आठ वटा बिद्यालय भवन निर्माण भैरहेको जानकारी दिए । ‘सामुदायिक बिद्यालयप्रति बिश्वास र मोह बढाउन आवश्यक छ । त्यो कसरी बढाउने भनेर हामी निरन्तर छलफलमा केन्द्रित छौं, उनले भने ।

मेयर अधिकारीले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताए ।‘पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेको छ, त्यसलाई बढाउन तथा सामुदायिककमा धेरै गरिवका बच्चाहरु पढ्छन् । उनीहरुसंग खाजा खाने पनि पैसा हुँदैन, भोको पेटले पढ्न सक्दैन, उनले भने ‘हामी समानता र समाजबादमा कुरा गर्छौ तर अव कुरा मात्र होइन, व्यवहारमा देखाउन सक्नुपर्छ भनेर खाजा कार्यक्रम लागु गरेका हौं ।’

मेयर अधिकारीले नगरबासीलाई अव प्रशोधन गरिएको खानेपानी बितरण गर्न अहिले पाइपलाइन बिछ्याउने कार्य भैरहेको जानकारी दिए ।

शहर सौन्दर्यताको लागि २ ओटा पार्क बनिरहेको र आगामी एक/ दुई महिनामै ती निर्माण सम्पन्न हुने बताए । ‘दुई ओटा पार्क अवको एक/ दुई महिनामै सम्पन्न हुन्छन् बाँकी बन्दै छन, उनले भने ‘यसको संरक्षणको लागि नगरपालिका मात्र लागेर हुँदैन नगरबासी नै जागरुक हुनुपर्छ ।’

साइनो टोल विकास सस्थाका अध्यक्ष गोपाल प्रसाद पन्थीले सडक ढलान कार्यमा नगरपालिकाले गरेको सहयोगको प्रशंशा गर्दै नगरपालिका र ८ नम्बर वडा कार्यलयलाई धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री