शुक्रबार, १६ चैत २०८०

गोदावरी नगरपालिकाले पाँच नगर बस सञ्चालन गर्ने

समयपोष्ट २०७६ फागुन २५ गते १६:२८

Advertisement

गोदावरी नगरपालिकाले छिट्टै पाँच नगर बस सञ्चालन गर्ने भएको छ । चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा दुई बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो ।

कार्यालयबाट पर रहेको स्थान वडा नं १ गोदामचौर, वडा नं २ विशङ्खु, वडा न. ७ देवीचौर, वडा नं ८ डुकुछाप र वडा नं ९ छम्पी हुँदै बस घुमाएर जनतालाई सुविधा दिइने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बस खरिदका लागि हामीले यही फागुन २ गतेको छैटौँ नगरसभाको निर्णयमा रु दुई करोड रकम खर्च गर्ने योजना बनाएका छौँ ।” नगरपालिकाले पहिलो पटक आफ्नो लगानीमा उक्त बस खरिद गर्न लागेको महर्जनले बताउनुभयो ।

नगरपालिकाले बस खरिद गरी सुविधा पु¥याएसँगै कार्यालयमा काम लिन आउन अपायक भयो भन्ने जनतालाई राहत पुग्ने वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले विश्वास व्यक्त गर्नुभयो । “बस खरिद गरेर ल्याएपछि कहाँबाट कति भाडा लिने भन्ने कुराको कार्यविधि बनाएर मात्र सञ्चालन गर्छौ”, घिमिरेले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री