बिहीबार, १५ चैत २०८०

पूँजी बजारमा सबैभन्दा बढी सुधार यही दुई वर्षमा भएको छ : अर्थमन्त्री खतिवडा

समयपोष्ट २०७६ फागुन २२ गते २१:५४

Advertisement

अर्थमन्त्रीसमेत रहनुभएका सञ्चारमन्त्री डा खतिवडाले पछिल्लो दुई वर्षमा शेयरबजार सुधारका लागि दीर्घकालीन महत्वका निर्णय भएको बताउनुभयो ।

उहाँले शेयरबजार तलमाथि हुने प्रक्रियालाई बजारको सेन्टिमेन्टका रूपमा बुझ्न र सोहीअनुसार अगाडि बढ्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पूँजी बजारमा सबैभन्दा बढी सुधार यही दुई वर्षमा भएको छ ।

नीति निर्माण बनाउने कुरामा होस् वा कर प्रणालीमा सुधार गर्ने कुरामा होस् । यस्तै कारोवारलाई एकदम छिटो समयमा राफसाफ गर्ने कुरामा समेत सुधार गरिएको छ ।” उहाँले मार्जिन लेण्डिङसँग जोडिएका विषय तथा राफसाफको विषयमा समेत सुधार भएको दृष्टान्त पेश गर्नुभयो ।

उहाँले अनलाइन कारोवारसमेत वर्तमान सरकार गठन भएपछि शुरु भएको तथ्य पेश गर्नुभयो । उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पु¥याइदिने हो । बाँकी लगानीकर्ताको जिम्मा हो । शेयरबजारको मूल्यको कुरामा पनि त्यही नै हो । यो कुनै मान्छेको अनुहार र व्यक्ति विशेषसँग जोड्ने विषय होइन ।”

उहाँले आफूले लगानी गर्ने कम्पनीको वासलात, नाफानोक्सान हिसाब गरेर, भविष्यमा त्यो व्यवसाय कति बलियो भएर जान्छ आदि हेरेर लगानीको निर्णय गर्न पनि लगानीकर्तालाई सुझाव दिनुभयो । मन्त्री डा खतिवडाले लगानीकर्ताले लगानीसम्बन्धी निर्णय गर्दा सरकारबाट आउने नीतिहरु कस्ता हुन्छन् भनेर पर्खिनसमेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री